दफा १०३
समूह वा उपसमूह परिवर्तन
संघीय संसद सेवाको कुनै एक समूह वा उपसमूहको पदमा कार्यरत कर्मचारीले अर्को समूह वा उपसमूहको समान श्रेणीको मिल्दो पदमा परिवर्तन हुन चाही निवेदन दिएमा परिवर्तन हुन चाहेको पदको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता र सो पदभन्दा माथिल्लो पदमा बढुवा हुनको लागि चाहिने न्यूनतम सेवा अवधि पुगेको भएमा लोक सेवा आयोगको परामर्शमा समितिले निजको समूह वा उपसमूह परिवर्तन गर्न सक्नेछ ।